आज पनि सुनको भाउ बढेको छ । सुन आज तोलामा दुई हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ३ लाख २६ हजार १ सय रुपैयाँ रहेको थियो । हिजो सुनको भाउ एकै दिन तोलामा ५ हजार ५ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदी तोलामा २ सय ५ रुपैयाँले घटेर आज तोलाको ५ हजार ८ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ६ हजार २० रुपैयाँ रहेको थियो ।

Facebook Comments