असोज २५ ।

धादिङको नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा जारी ‘दोस्रो नेत्रावती डपजोङ कप’ फुटबल प्रतियोगिता विहिबार ४ सेट खेल खेलाइएको छ ।
विहिबार आयोजक टिम मार्पाक सामुदायिक क्लब जी र रिप युवा क्लबबिच भएको खेलमा आयोजक मार्पाक सामुदायिक क्लब जीले जित पार्न सफल भएको छ । यस्तै छ्रयोइलिङ युवा क्लब र आयोजक एफ टिम बिच भएको खेलमा छ्योइलिङ युवा क्लब बिजयी, योङस्टार क्लब र आयोजक टिम ईबिच भएको खेलमा योङस्टार क्लब र नवज्योति युवा क्ल्ब र आयोजक एच टिम बिच भएको खेलमा नवज्योति युवा क्लब विजयी भएका छन् ।

यस्तै शुक्रबार पनि ४ सेट खेल खेलाइने आयोजक संस्था मार्पाक सामुदायिक क्लबका महासचिव काजिराम अधिकारीले जानकारी दिनुभयो । मार्पाक सामुदायिक क्लबको आयोजना, सुकेल छार युवा क्लब, पोल्चेत युवा क्लब, लामिडाडा युवा समाज, थला जनचेतना युवा समाजको सह आयोजना, नेत्रावती डपजोङ्ग गाउँपालिकाको कार्यालयको सहकार्य तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगीता आयोजना गरिएको हो ।

असोज ३० सम्म चल्ने प्रतियोगीतामा प्रथम हुने टिमलाई ६६ हजार ६ सय ६६, दोस्रो हुनेलाई ३३ हजार ३ सय ३३ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । यस्तै प्रतियोगीमध्येबाट म्यान अफ द म्याच ट्रफी, उत्कृष्ट ६ खेलाडीलाई बेष्ट प्लेयर ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने समेत बताइएको छ । यस्तै प्रतियोगिताको अन्तिम दिन दशैको शुभकामना आदानप्रदानसँगै विविध साँस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जानकारी दिएको छ ।

Facebook Comments