
इजरायल – मे १ अर्थात, १३७ औं अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा गैर आवासीय नेपाली संघ NRNA राष्ट्रिय समन्वय परिषद NCC इजरायलको आयोजनामा सामाजिक सुरक्षा कोष सम्बन्धी भर्चुअल अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । इजरायली समयअनुसार शुक्रबार दिउँसो २ बजेदेखि करिब ४ः ३० बजेसम्म कार्यक्रम भएको थियो ।
गैर आवासीय नेपाली संघ ल्च्ल्ब् राष्ट्रिय समन्वय परिषद NRNA इजरायलका अध्यक्ष गणेश गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली दुतावास इजरायलका कार्यवाहक राजदुत ओम कुमार भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा NRNA अन्र्तराष्ट्रिय समितिका अध्यक्ष हेमराज शर्मा र सामाजिक सुरक्षा कोषका प्रमुख प्रशिक्षक एवं निर्देशक डा.रोशन कोजुको विशेष आतिथ्यता रहेको थियो । यसका साथै कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु, युरोप क्षेत्रीय संयोजक तथा सदस्यहरु, विभिन्न देशका NCC प्रमुखहरुका साथै इजरायलमा स्थापित विभिन्न सामाजिक संघ – संस्थाका प्रमुख तथा प्रतिनीधीहरुको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका प्रमुख प्रशिक्षक डा.रोशन कोजुले विशेष गरि वैदेशिक रोजगारिको शिलशिलामा प्रवासमा रहेका नेपाली श्रमीकहरुलाइ सामाजिक सुरक्षा कोषको आवश्यकता, महत्व र फाईदाको विषयमा प्रकाश पार्नुभएको थियो । साथै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले बहन गर्नुपर्ने विभिन्न जोखिमहरुको पहिचाहनसँगै आर्थिक रुपमा सुरक्षित भविष्यको लागि सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध हुनुपर्ने बताउनुभएको थियो ।
प्रोत्साहन स्वरुप सामाजिक सुरक्षा कोष सम्बन्धी भर्चुअल कार्यक्रममा सहभागीहरु मध्येबाट लक्की ड्र आयोजना गरि १० जना सहभागीलाइ भाग्यशाली विजेता घोषणा गरेको थियो । विजेताहरुलाइ प्रोत्साहन स्वरुप सामाजिक सुरक्षा कोषमा दाखिला गर्नुपर्ने एक महिनाको न्युनतम रकम २ हजार ५ सय सम्बन्धित व्यक्तिको खातामा दाखिला गरिदिने गैर आवासीय नेपाली संघ NRNA राष्ट्रिय समन्वय परिषद NCC इजरायलका महासचिव चित्र कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो ।
गैर आवासीय नेपाली संघ NRNA राष्ट्रिय समन्वय परिषद NCC इजरायलले कार्यक्रममा सक्रिय सहभागी भई, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाइ धन्यवाद दिएको थियो । गैर आवासीय नेपाली संघ इजरायलले वैदेशिक रोजगारीको शिलशिलामा प्रवासमा रहेका श्रमीकहरुको हक, हितको लागि विभिन्न समयमा यस्ता किसिमका रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।