FILE PHOTO – Lebanon’s Prime Minister Saad al-Hariri presides a cabinet meeting at the governmental palace in Beirut, Lebanon September 29, 2017. REUTERS/Mohamed Azakir/File Photo

कार्तिक १९, काठमाण्डौं
लेबनानका प्रधानमन्त्री साद उल हरिरीले राजीनामा दिनुभएको छ । ज्यानको जोखिम रहेको भन्दै उहाँले राजीनामा दिनुभएको हो । साउदी राजधानी रियादमा एउटा पत्रकार सम्मेलनमा हरिरीले शिया आन्दोलन हेज्बुल्लाह र इरानको आलोचना पनि गर्नुभएको छ । इरान जहाँ पुग्छ त्यहाँ उसले त्रास र विनाश रोपेको उहाँले आरोप लगाउनुभयो । सन् २००५ मा आफ्ना पिता रफिक हरिरीको हत्या हुँदाताकाको जस्तै अवस्था अहिले लेबनानमा रहेको भन्दै उहाँले आफ्नो हत्याको षड्यन्त्रको संकेत पाएकाले राजीनामा दिएको बताउनुभएको बीबीसीले लेखेको छ ।

Facebook Comments