कात्तिक २२, धादिङ ।

धदिङको कालुपाण्डेमार्ग अन्र्तरगत निलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा कारले मोटरसाईकललाई ठक्कर दिँदा २ जना घाईते भएका छन् ।

विहिबार साँझ पौने सात बजे मलेखु तर्फ जाँदै गरेको बा १२६० स्टेट ३ नम्बरको कारले बिपरित दिशा बाट आउँदै गरेको बा ५१ प ६३३९ मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकल चालक खनियावास गाउँपालिका वडा नम्बर १ बस्ने २२ वर्षिय फिलेम तामाङ र पछाडी सवार २० वर्षिय चन्द्र बहादुर तामाङ घाईते भएका छन् ।

घाईते दुवैजनाको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । कार र कार चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

Facebook Comments