
कात्तिक २६, धादिङ ।
धादिङको ज्वाँलामुखी गाउँपालिका वडा नम्बर ७ तल्लोरामपुरमा रहेको बुढिगण्डकी यूवा क्लवको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशन विविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको छ ।
गाउँपालिकाका प्रमुख विनोदराज तिमिल्सीनाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले फलिन्द्र प्रसाद ईटकीको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्य समितिको चयन भएको छ । समितिको उपाध्यक्षमा दुर्गा प्रसाद ईटनी, सुजन ईटनी, देवकी सिलवाल, सचिवमा हेमराज ईटनी (सुनिल), सहसचिवमा मोतिराम ईटनी, कोषाध्यक्षमा ठाकुर बुर्लाकोटी रहनु भएको छ ।
साथै अधिवेशनले यम प्रसाद सिलवालको संयाजकत्व र किरण रोका सचिव रहने गरि ७ सदस्सीय ज्वालामुखी –काठमाण्डौं सम्पर्क मञ्चको गठन गरिएको छ । त्यस्तै गरि राजन सिलवाल प्रचार प्रसार, रत्नराज ईटनी लेखा र मायानाथ सिलवालको संयोजकत्वमा सल्लाहाकार समितिको गठन गरिएको बुढिगण्डकी यूवा क्लवका सचिव हेमराज ईटनीले जानकारी दिनुभयो । विविध साँस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहेको थियो ।