मंसिर १६, धादिङ
खराव काम गर्नेलाई तत्काल कार्वाहि गर्ने नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले बताउनुभएको छ । शान्ति सुरक्षा सुव्यवस्था कायम गराउने आम नागरिकको विश्वासिलो संगठन नेपाल प्रहरी भएका कारण खराव काम गर्ने जोसुकैलाई कार्वाही गरी न्यायको समान पहुँच गरिने उहाँले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङको नवनिर्मित भवन उद्घाटन गर्दै नागरिकको मन जितेर सभ्य र समृद्ध समाजका लागि जिम्मेवारी र सेवा सुविधा प्रदान गर्ने अवसरको सम्मान गर्न निर्देशन समेत दिनुभएको छ ।
असल कामले असल परिणाम दिने भन्दै महानिरिक्षक खनालले धादिङको बाटो हुदै अत्यधिक सवारी चल्ने तर दुर्घटना न्यूनिकरणमा योगदान पु¥याएको बताउनुभयो । शान्ति सुरक्षा सुव्यवस्था तथा दुर्घटना न्यूनिरकणको अभियान अनि खराव कामको अन्त्यका लागि नेपाल प्रहरी सदैव लागि पर्ने उहाँको भनाई छ । उहाँ थप्नुहुन्छ– सुन्दर नयाँ भवन जस्तै नागरिकले पाउने सेवा तथा सुविधामा सहज अनि नविनतम पाउने छन् । २०५४ सालमा स्थापना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङमा तत्कालिन अवस्थामा आँफैले घर भाडामा लिएर कार्यालय संचालन गर्दाको दुःख सम्झदै खनालले भन्नुभयो– ‘लामै समय कुर्नु परेपनि अव ट्राफिक प्रहरीको सुन्दर घर बनेको छ, अव सेवा पनि चुस्त दुरुस्त र हुने कुरामा म विश्वस्त छु । प्रतिक्षाको फल मिठो हुन्छ भनेझै यो नयाँ भवनले थप हौसला थपेको छ । ’
त्यस्तै, धादिङमा लामो राजमार्ग भएको र अत्यधिक सवारी चाप भएका कारण विभिन्न कारणले पटक पटक राजमार्ग अवरुद्धका घटनाहरु हुने गरेका छन् । समस्याको समाधानको अन्तिम विकल्प सडक बन्द गर्नु नभएकाले राजमार्ग जस्तो संवेदनशिल क्षेत्र अवरोध गरेर अरुलाई दुख नदिन समेत आग्रह गर्नुभयो । हरेक पल आम नागरिकको साथ र सामिप्यतामा नेपाल प्रहरी भएका कारण देशको सुखी नेपाली अनि समृद्ध नेपालको अभियानमा सँगसँगै सहयात्रा गर्ने समेत उहाँको भनाई छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम आफ्नो परिकल्पना रहेको बताउदै छिट्टै कामको शुरुवात गर्न लागिएको उहाँको भनाई छ ।
विनाशकारी भुकम्प पछि राष्ट्रिय पुननिर्माण प्राधिकरण कोषको १ करोड ६६ लाख २१ हजार ४ सय १८ रुपैया ५२ पैसाको लागतमा ट्राफिक प्रहरीको भवन बनेको हो । भवन निर्माण सम्पन्न हुनुअघि भाडाको घरमा ट्राफिक प्रहरी कार्यालय संचालन हुदै आएको थियो । नयाँ भवनबाट कार्यालय संचालन हुन थालेपछि सेवा प्रवाहमा पनि चुस्त, दुरुस्त, नविनतासँगै सहजता आउने जिल्ला ट्राफिक प्रहरी प्रमुख हेमराज घिमिरेले बताउनुभयो । नयाँ भवनमा आउदैमा काया पलट भैहाल्ने त होइन तर आम नागरिकको नेपाल प्रहरी प्रतिको विश्वास टुट्न दिने छैनौ । भौतिक सुविधासँगै सेवामा विस्तार गरिने घिमिरेले भनाई छ ।

Facebook Comments