
मंसिर १८, धादिङ ।
धादिङको सदरमुकाम धादिङवेशीं स्थित शान्तबजारमा रहेको भाषा पाठशाला नामक एक ईन्सीच्यूटले ५ भन्दा बढि देशको भाषा पढाई हुने कक्षा संञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारमा जाँदा भाषाका कारण कुनै पनि यूवाहरुले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले भाषा कक्षा संञ्चालनमा ल्याएको भाषा पाठशालाका व्यवस्थापक अनिश श्रेष्ठले जानाकारी दिनुभयो ।
सिमित सिटहरुमा मात्र भाषा कक्षाहरु संञ्चालन भईरहेको ईन्सीच्यूटमा अहिले कोरियन, चाईनिज, ईङ्गलीस, जापनिज, लगायत अन्य भाषाहरूको कक्षा सञ्चालन भइरहेको छ । अहिलेको आवश्यकता र वैदेशिक यात्राको लागि भाषाको महत्वलाई मध्यनजर गर्दै सस्तो शुल्कमा गुणस्तरीय कक्षाहरू संञ्चालनमा ल्याईएको व्यवस्थापक श्रेष्ठ बताउनुहुन्छ ।
दक्ष एवं अनुभवी शिक्षकहरुद्वारा अध्यापन गराईने यस ईन्सीचिउटमा अहिले विहान दिउँसो र बेलुकी हरेक समयमा कक्षाहरू सञ्चालन भईरहेको पाठशालाका व्यवस्थापक अनिष श्रेष्ठले जानकारी दिनुभयो ।