
मंसिर २५, धादिङ ।
तमू (गुरुङ)हरुको महान चाड तमू ल्होसारको बिदा कटौति पुन बिदा पाउ भन्दै धादिङमा पनि गुरुङहरुले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यार्नकषण गराएको छ । तमू ह्युल छोज धि जिल्ला कार्य समिती धादिङ र तमू विद्यार्थी धादिङ, तमुस्यो धादिङले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो ।
जातीय पर्वको बिदा कटौती गरेको भन्दै देशभरका आदिवासी जनजाति समुदाय आन्दोलित बनिरहेकै बेला तमू ह्युल छोँज धीँ, गुरूङ राष्ट्रिय परिषद केन्द्रीय समितिले पौष १५ गतेलाई सार्वजनिक विदा घोषण नगरे सम्म आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने गुरुङहरुले जनाएको छ ।
धादिङ सहित तमू ह्युल छोँज धीँले मंगलबार देशभरका सबै जिल्लाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालयलाई एकसाथ ज्ञापनपत्र बुझाएका हो । सरकारबाट नेपालका सबै आदिवासी जनजाति समुदायमाथि विभेदकारी कार्य भएकोले आन्दोलन गर्न बाध्य भएको तमू ह्यूल छोंज धी जिल्ला कार्य समिति धादिङका सचिव होम गुरुङले बताउनुभयो । यो वर्ष पुष १५ गते तमू समुदायले कुकुर वर्गलाई बिदाई गरेर मृग वर्गको स्वागत गर्दै तमू ल्होसार पर्व मनाउने तयारी गरेको छ ।