अर्जुन श्रेष्ठ,
माघ १ धादिङ।

धादिङको नीलकण्ठ नगरपालिकाको कार्यपालिकाको निर्णय पुस्तिका वडा नं. १२ का वडा अध्यक्ष बाबुराम लम्सालले च्यातेका छन् । सामान्य रुपमा निर्णय लेख्ने तर पछि नगरप्रमुख भिमप्रसाद ढुङ्गानाले आफ्नो हालीमूहाली गरेर निर्णय फेर्ने गरेका कारण सोमबार भएको बैठकको माइनोट आफुले च्यातेको लम्सालले बताउनुभयो ।
नेपालको कानुन अनुसार सबै चल्नु पर्दछ । तर नगरप्रमुखले मनोमानी गरेको वडाध्यक्ष लम्सालले बताउनुभयो । कानुन अनुसार माइनोटमा लेखिएका निर्णय प्रमुख प्रशासकिय अधिकृतले प्रमाणिकरण गर्नु पर्ने हो । तर आफ्नै अनुकुलमा निर्णय लेख्ने आफै प्रमाणित गर्ने गरेको उहाँको भनाई छ । लम्साल थप्नुहुन्छ– बैठकमा नगरप्रमुखले म अध्यक्ष हो मैले भने अनुसार गर्नु पर्दछ । चित्त नबुझे निस्केर जाने भन्छन् । निस्के मनोमानी निर्णय हुन्छ । वैठकमा बसे निर्णय फेर्छ, हामीले उठाएका कुरा एउटै आउदैन । जे गरेपनि नहुने । जनताको विश्वास जितेर जनताकै मतले चुनिएका हौं । तर नागरिकलाई सेवा दिन कुण्ठित पारेको उहाँको भनाइ छ । वडा अध्यक्षले पाउने अधिकाशं सेवा समेत दिएका छैनन् उहाँले बताउनुभयो ।
उपस्थित भनेर खाली पानामा हस्ताक्षर गर्न लगाउने पछि त्यसैलाई निर्णय बनाउने गरेको उहाँले बताउनुभयो । ७ लाखको तारजाली, ५ लाखको खानेपानी पाइप वितरण जस्ता योजना गर्दा न वडालाई जानकारी भयो न कार्यपालिका वैठकमा यस्ता धेरै काम मनोमानी ढङ्गमा भएका छन् उहाँले बताउनुभयो ।
विकास निर्माणका कार्यहरुमा कर्मचारीलाई हावी गराएर वडालाई नदिएर नगरपालिकाले आफै मनोमानी तरिकाले आफ्नो चाहना अनुसार खर्च गरेका छन् । उहाँ भन्नुहुन्छ– विविध छलफल भनेर माइनोटमा लेख्ने पछि आफ्नो अनुकुलमा निर्णय फेर्ने, आफै प्रमाणिकरण गर्ने गरेको आरोप लगाएका छन् । जनताको माग र समस्यालाई मध्य नगर गरेर काम गर्न नगरप्रमुखसँग सल्लाह गरेको हो । तर नसुध्रिएपछि माइनोट च्यात्न बाध्य भएँ उहाँले बताउनुभयो ।
यस अघि पनि नगरप्रमुख भिमप्रसाद ढुङ्गानालाई नगरभित्रका विकास निर्माण तथा एक लौटी गरेको आरोप लागेको थियो । नगर उपप्रमुख मनराज भण्डारी लगायत वडा अध्यक्षहरुले कानुनको उल्लङघन गरेको भन्दै नगरप्रमुखको कार्यप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
                                  निर्णय प्रमाणितमा प्रमुख प्रशासकिय अधिकृत कि नगरप्रमुख
प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्त विगत नौ महिना देखि नीलकण्ठ नगरपालिकामा हुनुहुन्छ । तर कार्यपालिकाको वैठकका निर्णय प्रमाणित एक पटक मात्रै गरेको उहाँले बताउनुभयो । नगरप्रमुखले नभइ प्रमुख प्रशासकिय प्रमुखले निर्णय प्रमाणित गर्ने छलफल भएपछि आफुले कात्र्तिक महिनाको वैठकको निर्णय प्रमाणित गरेको प्रमुख प्रशासकिय अधिकृत पन्तले बताउनुभयो । त्यसअघि नगरप्रमुखले नै प्रमाणित गर्दै आएको उहाँको भनाई छ । कसले प्रमाणित गर्ने भन्ने विषयमा अझै अन्यौल रहेको छ । सोमबारको वैठकमा भएका निर्णय रफबाट सफ नभैसकेका कारण प्रमाणित गरेका छैनौ । तर सम्भवतः अब म आफै प्रमाणित गर्छु उहाँले बताउनुभयो । तर नगरप्रमुख भने प्रमुख प्रशासकिय अधिकृत र आफु जसले गर्दा पनि हुने बताउनुहुन्छ ।
                                           विना माग माइनोट च्याते ः नगरप्रमुख ढुङ्गाना
नीलकण्ठ १२ का वडा अध्यक्ष बाबुराम लम्सालले नगरप्रमुख भिमप्रसाद ढुङ्गानालाई आरोप लगाएका छन् । तर आफुलाई लागेको आरोप झुट रहेको नगरप्रमुख ढुङ्गानाले बताउनुभयो । विना माग कार्यपालिकाको वैठकको निर्णय पुस्तिका वडा अध्यक्षले च्यातेको उहाँले बताउनुभयो । माग भए सल्लाह गर्ने हो । तर निर्णय पुस्तिका च्यातेर समस्याको समाधान हुदैन । उहाँ थप्नुहुन्छ– ऐन नियम भन्दा एक रत्ति बाहिर रहेर काम गरेको छैन । कार्यपालिका वैठकको निर्णय प्रमाणित गर्ने कुरा ऐन अनुसार नै गर्न सकिन्छ । नगरप्रमुख वा प्रमुख प्रशासकिय अधिकृत जसले गर्दा पनि हुन्छ उहाँले बताउनुभयो ।
खाली पानामा हस्ताक्षेर गर्न लगाउने भन्ने कुरा गलत हो । उपस्थित नउठाइ निर्णय लेख्ने कुरा हुन्छ र ? नगरप्रमुख ढुङ्गाना भन्नुहुन्छ– आरोप सबै झुटा हुन् । कार्यपालिका वैठकमा भएका निर्णय अनुरुप नै काम गरेको छु । कार्यपालिका वैठक तथा रेड बुकमा भएका कुरा फेरी वडामा जानकारी गराउनु पर्ने हुदैन । निति निमय भन्दा बाहिर रहेर काम गरेका छैन । काममा बाधा भन्दा पनि सबै मिलेर जनताले दिएको मत र लिएको विश्वासको हामी जनप्रतिनिधिले सम्मान गर्नु पर्ने उहाँले बताउनुभयो ।

Facebook Comments