माघ १२ ।
नेपालले आज घरेलु टोली संयुक्त अरब इमिरेट्स युएईसँग दोस्रो एकदिवसीय खेल खेल्दैछ ।

एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि युएई भ्रमणमा रहेको नेपालले आज दोस्रो एकदिवसीय खेल खेल्न लागेको हो । पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसँगको दोस्रो खेल निकै महत्वपूर्ण रहेको छ । खेल आईसिसीको क्रिकेट एकेडेमीमा हुनेछ।

नेपाल र युएईबीचको दोस्रो खेल नेपाली समय अनुसार बिहान ११: १५ मा सुरु हुनेछ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलीरहेको नेपाललाई सिरिज जोगाउन जित्नै पर्ने दबाब छ ।

Facebook Comments