
फागुन १५, धादिङ ।
सदरमुकाम धादिङबेशीमा सवारी नियम सम्बन्धी चेतनामुलक कक्षा संचालन गरिएको छ । ट्राफिक नियमलाई पालन गराउनको लागि चेलनामुलक कक्षाको संचालन गरिएको हो ।
मंगलबार सदरमुकाम स्थित सडक खण्डमा हेलमेट नलगाई सवारी चलाउने २ जना मोटरसाइकल चालकहरुलाई ट्राफिक प्रहरी मार्फत सवारी ऐन अनुसार कारवाही गर्नुका साथै उक्त मोटरसाइकल चालकहरुलाई कार्यालयमा नै लगि सवारी नियम सम्वन्धी चेतनामुलक कक्षा संचालन गरी सचेत गराईएको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।
प्र्हरीद्वारा विभिन्न स्वास्थ्य संस्थाहरु सरसफाई
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय धादिङद्धारा जिल्लामा रहेका अस्पताल तथा स्वास्थ्य चौकीहरुको सरसफाई गरिएको छ । जिल्लामा रहेका विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरु नजिकको प्रहरी ईकाईहरुको आयोजनामा स्थानियवासी‚ स्वास्थ्यकर्मी‚ समाजसेवी‚ क्लव र प्रहरीहरुको सहभागिमा “सरसफाई कार्यक्रम” गरिएको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।