२०७५ साल फागुन १५ गते ताप्लेजुङ जिल्लाको सिस्नेमा भएको हेलिकप्टर दुर्घटनामा परी नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरि उड्यन मन्त्री माननीय रविन्द्र अधिकारी सहित अन्य ६ जनाको निधनप्रति दुःख व्यक्त गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
साथै आज २०७५ साल फागुन १६ गते नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेकोले आजै औपचारिक रुपमा उद्घान हुने भनिएको धादिङ पर्यटन तथा औद्योगिक मेला स्थगन गरी भोली २०७५ साल फागुन १७ गते उद्घाटन गर्ने कार्यक्रम रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं । आजका लागि तयार गरिएका सम्पूर्ण कार्यक्रमहरु भोली २०७५ साल फागुन १७ गते हुनेहुँदा उक्त कार्यक्रममा सहभागि हुनुहुन समेत सम्पूर्ण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।

जिल्ला होटल संघ धादिङ, तथा पर्यटन तथा औद्योगिक मेला २०७५ मूल आयोजक समिति, धादिङ

Facebook Comments