फागुन २० ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मेची महाकाली अभियान सुरु गरेको छ । नागरिकको मत र चाहना बुझ्नका लागि अभियान सुरु गरिएको हो ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकमा हिन्दु राज्य र राजतन्त्र पुर्नस्थापनाको चाहना अनुसार अभियान सुरु गरिएको बताउनुभयो । उहाँले राजसंस्था फर्काउनका लागि यस अभियानले सहयोग गर्ने भन्दै जनताको भावना र कार्यकर्ताको इच्छालाई ध्यानमा राखेर राजसंस्थालाई पुनः जगाउनका लागि अभियानबाट मद्दत मिल्ने उहाँको भनाई बताउनुभयो ।

लोकतन्त्रमा सबैले आफ्नो विचार र मत अभिव्यक्त गर्न पाउने भएकाले र राष्ट्रका विभिन्न मुद्दालाई उठाउनका लागि मेची महाकाली अभियानले सहयोग गर्ने पनि उहाँले दावी गर्नुभयो ।

Facebook Comments