
वैशाख १०, धादिङ ।
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेको विलिभर्स ईस्टन चर्चमा वृहत खुल्ला रक्तदान कार्यक्रम गरिएको छ ।
विलिभर्स ईस्टन चर्च धादिङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।
चर्चका २६ औं वार्षिक उत्सवको अवसरमा संञ्चालन गरिएको रक्तदान कार्यक्रममा २१ जना महिला र ४४ जना पुरुष गरि ६५ जना रगतदान गरेको विलिभर्स ईस्टन चर्च धादिङका पास्टर शन्त गुरुङले जनाकारी दिनुभयो ।