बैशाख १८, धादिङ ।
ज्वालामुखी गाउँपालिकामा रहेका ५ वटा विद्यालयका, विद्यालय अगुवाहरुका लागि आयोजित अन्र्तराष्ट्रिय बालविकास सम्बन्धि ३ दिने दोस्रो चरणको तालिम सम्पन्न भएको छ । गत बैशाख १५ गतेदेखि सञ्चालन भएको तालिम हिजो एक कार्यक्रमको बीच सम्पन्न भएको हो । तालिममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अविभावक संघका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक र बाल कक्षा शिक्षकहरुको सहभागीता रहेको थियो । तालिममा ५ वटा विद्यालयका जम्मा १४ जनाको सहभागिता रहेको थियो ।

तालिम अवधिमा बालबालिकाहरु प्रतिको धारणा, बालबालिकाहरुलाई स्वतन्त्र व्यक्तिको रुपमा बुझ्नु उनीहरुको भावना तथा इच्छालाई बुझ्नु, बालबालिका र अविभावकबीचको बुझाई र व्यावहार , बुझाईको विस्तार गर्ने विधि, तरीका र संवाद गर्ने जस्ता बालबालिकाहरुको मनोवैज्ञानिक विषयवस्तुमा सहजीकरण गराईएको थियो । तालिममा इसिइसि नेपालका पिताम्बर न्यौपाने र शैक्षिक आयाम नेपाल धादिङका प्रविन तामाङले सहजिकरण गर्नुभएको थियो ।

अन्र्तराष्ट्रिय बालविकास सम्बन्धि तलिममा ज्वालामुखी गाउँपालिकामा रहेको श्री.खड्गदेवी आधारभुत विद्यालय, श्री.शमीभज्याङ उच्च माध्यमिक विद्यालय, श्री.बराहकालिका माध्यामिक विद्यालय, श्री.बालादेवी माध्यमिक विद्यालय र श्री.सुनखानी माध्यमिक विद्यालयका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अविभावक संघका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक र बाल कक्षा शिक्षकहरुको सहभागीता रहेको थिया सहभागिता रहेको थियो । तलिमको मुख्य उदेश्य बालकक्षा शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति, शिक्षक अभिभावक समिति र अविभावकहरुलाई बालबालिकाको सर्वाङ्गीण विकास सुनिश्चित गरी शैक्षिक विकासको लागि प्रेरित गर्दै आफ्नो भूमिकाको बारेमा सचेत गराउँदै आफ्नो भूमिका र दायित्वलाई व्यवहारमा लागू गराउनु भएको शैक्षिक आयाम नेपाल धादिङका प्रविन तामाङले जानकारी गराउनुभयो ।
शैक्षिक आयाम नेपाल धादिङले ज्वालामुखी गाउँपालिकामा रहेका २० वटा विद्यालयहरुमा विशेष गरी बालविकास सहयोगिहरुसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । शैक्षिक आयाम नेपाल धादिङको आयोजना र ज्वालामुखि गाउँपालिकाको सह–आयोजनामा सञ्चालित तालिम ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ६ मा सञ्चालन भएको थियो । तालिमको प्राविधिक सहयोग ई.सि.ई.सि नेपाल ललितपुरले गरेको थियो ।

Facebook Comments