वैशाख २४, धादिङ ।
प्राविधिकहरुको कमजोरीका कारण पुननिर्माणमा समस्या भएको धादिङको सिद्धलेक गाउपालिकाका भुकम्पप्रभावितहरुले गुनासो गरेका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले धादिङको सिद्धलेक गाउपालिकाको वडा नम्बर ७ मा आयोजना गरिएकोे सार्वजनिक सुनुवाइमा कार्यक्रममा सहभागी प्रभावितहरुले यस्तो गुनासो गरेका हुन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले धादिङमा सञ्चालन गर्दै आइरहेको ‘भुकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा सदाचार’ (आइपिइआरआर) कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । भुकम्पपछि पुननिर्माणमा जुटेका प्रभावितहरुलाई प्राविधिकहरुले स्पष्ट जानकारी नदिदा अनुदान लिन समस्या भएको बताएका छन् ।

 

बनिरहेको घरको जाँच गर्न बोलाउदा पनि समयमा नआउने, प्राविधिकहरुको कार्यशैलीमा पनि एकरुपता नहुदा प्रभावितहरुले सास्ती खेप्नु परेको गुनासो गरेका हुन् । गाउमा पहिले आएका प्राविधिकले एक थरी कुरा गर्ने र पछि आएका प्राविधिकहरुको अर्को थरी कुरा हुदा बाँकी अनुदानको लागि सिफारिसमा समस्या हुने गरेको बताएका छन् । मापदण्ड अनुसार घर निर्माण भए सबै घरहरु पास हुने प्राविधिक दिपेश्वर यादवले बताउनुभयो । सुरुका दिनहरुमा मापदण्ड अनुसार बनाईने घरको बारेमा प्रनविधिकहरु नै अनविज्ञ भएको र समय समयमा घर निर्माणको मापदण्ड संशोधन हुदा पनि समस्या भएको प्राविधिक यादवले भनाई छ ।

वडा नम्बर ७ का वडा अध्यक्ष लक्ष्मण खतिवडाको अध्यक्षतामा सञ्चालन भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्य रहेको थियो । गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि सिलवालले नियम पुरा गरेर निर्माण भएको सम्पूर्ण घरहरु पास गराउने प्रतिवद्धता जनाउनुभयो । गाउँपालिका भित्र समयमा काम नगर्ने पूननिर्माणमा खटिएका प्राविधिकहरुलाई कारवाही गर्ने र पहिलोकिस्ता लिएर घर नबनाएका सरकारलाई आँखामा छारो हाल्ने काम गर्नेलाई पनि कारवाही गरिने बताउनुभयो ।

सहभागिहरुले राखेका जिज्ञासाका विषयमा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुगमन तथा मुल्यांकन अधिकृत लक्ष्मी श्रेष्ठ, जिल्ला आयोजना कार्यान्वयन इकाई भवन अन्तर्गत फिल्ड प्राविधिक दिपेश्वर यादवले प्रष्ट पार्नुभएको थियो । धादिङमा ७४ हजार ७ सय १९ ले पहिलो किस्ता, ६३ हजार ५ सय ८८ ले दोश्रो किस्ता र ५० हजार ५ सय ५८ ले तेश्रो किस्ता अनुदान सम्झौता गरेका छन् ।

Facebook Comments