बैशाख २८, धादिङ ।
धादिङमा खुल्ला हिले दौड प्रतियोगिता हुने भएको छ । धान दिवसको अवसर पारेर खुल्ला हिले दौड प्रतियोगिता हुने राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघका उपाध्यक्ष किरणकुमार श्रेष्ठले बताउनुभयो । यो प्रतियोगीता नेपालकै पहिलो भएको श्रेष्ठले दावी पनि गर्नुभयो ।

लोप हुदै गइरहेको नेपाली लोकखेलहरुको पुरानै निति नियमलाई आत्मसाथ गर्दै तिनै निति नियम तथा खेल विधिलाई बैज्ञानिक गर्दै लोकखेलहरुको संरक्षण गर्ने उद्देश्यले प्रतियोगीताको आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । लोक खेलहरुको महत्वका विषयमा प्रचार प्रसार संरक्षण र संवद्र्धनमा जुटेको उहाँले बताउनुभयो । यस्ता खेलहरुको सांस्कृतिक, सामाजिक, पारिवारीक, शारिरीक तथा राष्ट्रिय लोकखेलको अनुसन्धान गरी पहिचान गराउने अभियानमा जुटेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

लोकखेलहरु डन्डी बियो, कबर्दी, छेलो, गट्टा, बाघचाल, पहाडदौड, लुकामारी, छोइडुम, चोर पुलिस, घिर, पन्जा जुधाई, खो खो धनुषवाण जस्ता खेललाई चिनिन्छ । आजका पुस्ताले क्रिकेट, फुटबल, ब्याटमिन्टन जस्ता खेललाई मात्र चिन्छन् । तर लोक खेललाई भने चिन्दैनन्, यस्ता खेलहरु लोप हुदै गएका छन् । नेपालको पहिचान बोकेका लोकखेललाई जोगाउन र प्रवद्र्धन गर्न राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघ २०७६ साल बैशाख ५ गते धादिङमा दर्ता भएको संस्थाका संरक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।

धादिङका युवाहरु लोक खेलको संरक्षण, संवद्र्धनका लागि जुट्दै गरेको अवस्थामा यसलाई नेपाल भरि नै फैलाउन पर्ने उहाँको भनाइ छ । संस्थाको मूख्य कार्यालय धादिङको नीलकण्ठ नगरपालिकामा दर्ता भएको र खुल्ला दौड प्रतियोगिता पनि धादिङबाटै शुरु गर्ने योजना बनाएको संरक्षक श्रेष्ठले बताउनुभयो । लोक खेलालाइ जोगाउन सबै लागि परेमात्र सम्भव छ उहाँले बताउनुभयो । लामो समयदेखि डण्डीवियोलाई राष्ट्रिय खेल बनाउने चर्चा गरिएको थियो । तर नेपालको राष्ट्रिय खेल भलिवल घोषणा गरिएको छ । यस विषयमा पनि बहस भैरहेको संरक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

लोकखेललाई संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने यो अभियानमा सँगै हातेमालो गर्न चाहनेहरुलाई सदस्यता वितरण भै रहेकोे उहाँले बताउनुभयो ।
धादिङमा खुल्ला हिले दौड प्रतियोगिता हुने भएको छ । धान दिवसको अवसर पारेर खुल्ला हिले दौड प्रतियोगिता हुने राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघका उपाध्यक्ष किरणकुमार श्रेष्ठले बताउनुभयो । यो प्रतियोगीता नेपालकै पहिलो भएको श्रेष्ठले दावी पनि गर्नुभयो । लोप हुदै गइरहेको नेपाली लोकखेलहरुको पुरानै निति नियमलाई आत्मसाथ गर्दै तिनै निति नियम तथा खेल विधिलाई बैज्ञानिक गर्दै लोकखेलहरुको संरक्षण गर्ने उद्देश्यले प्रतियोगीताको आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । लोक खेलहरुको महत्वका विषयमा प्रचार प्रसार संरक्षण र संवद्र्धनमा जुटेको उहाँले बताउनुभयो ।

यस्ता खेलहरुको सांस्कृतिक, सामाजिक, पारिवारीक, शारिरीक तथा राष्ट्रिय लोकखेलको अनुसन्धान गरी पहिचान गराउने अभियानमा जुटेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । लोकखेलहरु डन्डी बियो, कबर्दी, छेलो, गट्टा, बाघचाल, पहाडदौड, लुकामारी, छोइडुम, चोर पुलिस, घिर, पन्जा जुधाई, खो खो धनुषवाण जस्ता खेललाई चिनिन्छ । आजका पुस्ताले क्रिकेट, फुटबल, ब्याटमिन्टन जस्ता खेललाई मात्र चिन्छन् । तर लोक खेललाई भने चिन्दैनन्, यस्ता खेलहरु लोप हुदै गएका छन् । नेपालको पहिचान बोकेका लोकखेललाई जोगाउन र प्रवद्र्धन गर्न राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघ २०७६ साल बैशाख ५ गते धादिङमा दर्ता भएको संस्थाका संरक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।

धादिङका युवाहरु लोक खेलको संरक्षण, संवद्र्धनका लागि जुट्दै गरेको अवस्थामा यसलाई नेपाल भरि नै फैलाउन पर्ने उहाँको भनाइ छ । संस्थाको मूख्य कार्यालय धादिङको नीलकण्ठ नगरपालिकामा दर्ता भएको र खुल्ला दौड प्रतियोगिता पनि धादिङबाटै शुरु गर्ने योजना बनाएको संरक्षक श्रेष्ठले बताउनुभयो । लोक खेलालाइ जोगाउन सबै लागि परेमात्र सम्भव छ उहाँले बताउनुभयो । लामो समयदेखि डण्डीवियोलाई राष्ट्रिय खेल बनाउने चर्चा गरिएको थियो । तर नेपालको राष्ट्रिय खेल भलिवल घोषणा गरिएको छ । यस विषयमा पनि बहस भैरहेको संरक्षक श्रेष्ठले जानकारी दिनुभयो । लोकखेललाई संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने यो अभियानमा सँगै हातेमालो गर्न चाहनेहरुलाई सदस्यता वितरण भै रहेकोे उहाँले बताउनुभयो ।

Facebook Comments