जेठ १, धादिङ ।
जिल्ला प्रहरी कार्यललय धादिङले कर्तव्य ज्यान मुद्दाका फरार रहेका ४ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङको फरार प्रतिवादीहरु पक्राउ गर्ने अभियान अन्तर्गत उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

धादिङ जिल्ला अदालतले २०५३ अषाढ ०४ गते‚ तत्कालिन पुनरवेदन अदालत पाटन २०५४ जेठ २७ र सर्वोच्च अदालतको मिति २०५९ चैत्र १५ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा कैद सजाय तोकिएर फरार रहेका ४ जनालाई मंगलबार जिल्ला अदालतमा दाखिला गराई कैद भुक्तानको लागी कारागार कार्यालय धादिङमा चलान गरिएको छ ।

कारागार चलान हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नं. १ स्यालडाडका ४९ वर्षिय रेशम बहादुर नेवार, लाल बहादुर श्रेष्ठ र ४८ वर्षिय झमबहादुर श्रेष्ठलाई ३ महिना १० दिनको सजाय तोकेको छ । यस्तै ४५ वर्षिय क्षेत्रमान श्रेष्ठ भन्ने बिष्णु बहादुर श्रेष्ठलाई ५ महिना सजाय तोकेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी प्रकाश बिष्टले जानकारी दिनुभयो ।

Facebook Comments