जेठ ११, धादिङवेशीं ।

धादिङवेशींको मुख्यसडक पुछारबजारमा खुकुरी प्रहारबाट आज विहान एक जना घाईते भएका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बर १३ का प्रकाश तिमल्सेना घाईते हुनुभएको हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १४ बस्ने चन्द्र गुरुङले खुकुरी प्रहार गरेको आरोप घाईते तिमिल्सीनाले आरोप लगाउनु भएको छ ।

खुकुरी प्रहार छलेको कारण तिमल्सेना जोगीनु भएको प्रत्यक्ष दर्शीले बताएका छन् । घाईते तिमिल्सीनालाई जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पछि काठमाण्डौं रिफर गरिएको छ । लगातार खुकुरी प्रहार गरेपनि तिमल्सीना भाग्दै छल्दै गरेका कारण ठुलो घटना नघटेको प्रहरीको भनाई छ । बाटो बनाउने उपभोक्ता समिति निर्माणको क्रममा विवाद उत्पन्न भएपछि आफ्नै साथीले खुकुरी प्रहार गरेको प्रारम्भीक अध्ययनले देखाएको प्रहरीले जनाएको छ ।

नीलकण्ठ नगरपालिका वडा नं १३ र १४ जोड्ने बाटो बनाउनको लागि प्रदेश सांसद रामकुमार अधिकारी मार्फत बजेट विनियोजन गरिएको र उक्त योजना कार्यान्वयन गर्नको लागि उपभोक्ता समिति निर्माण गर्ने क्रममा विवाद बढ्दै गएपछि खुकरी प्रहार भएको स्थानीयहरुले बताएका छन् । खुकुरी प्रहारको विरोध गर्दै युवा संघ नेपाल र वाईसीएलको संयुक्त आयोजनामा आधा घण्टा धादिङबेसी बन्द गरेको छ ।

खुकुरी प्रहार गर्ने व्यक्तिको पक्राउको माग गर्दै आधा घण्टा धादिङबेसीबाट छुट्ने र भित्रने सवारीका साधनहरु बन्द गरेर विरोध गरेका हुन् । विरोध कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा धादिङका जिल्ला कमिटी सदस्य लगायत भातृ संघठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । विरोध कार्यक्रममा बोल्ने वक्ताहरुले अपराधिलाई पक्राउ गरी हदै सम्मको कारबाहीको लागि माग गरेका छन् । दिउँसै खुकरी बोकेर जनताहरुलाई भयभित बनाउने र खुकरी प्रहार गर्ने व्यक्तिलाई पक्रन प्रशासनले चासो नदेखाएको नेकपाका नेताहरुले आरोप लगाएका छन् ।

Facebook Comments