जेठ १८, धादिङ ।
आज वन उपभोक्ता दिवस धादिङ सहित नेपालभरि नै विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाईएको छ । नेपालमा २०५१ सालमा सरकारले वन संरक्षणका लागि उपभोक्तालाई वन हस्तान्तरण गरेको दिनलाई दिवसका रूपमा मनाउने गरिएको छ ।

नेपालमा वन क्षेत्रको संरक्षण, सम्वद्र्धन र उपभोगमा आवद्ध उपभोक्तालाई थप जागरुक बनाउन वन उपभोक्ता दिवस मनाउने गरिएको छ । वन ऐन २०४९ अनुसार पूर्ण वा आंशिक रूपमा रूखहरूले ढाकिएको क्षेत्र ‘वन’ हो । विश्व मानचित्रमा केवल ४ दशमलव ३० प्रतिशतमात्र वन भूभाग रहेकोमा नेपालको भने कूल क्षेत्रफलको लगभग ४० प्रतिशत वनले ढाकेको छ । वनको अधिकांश क्षेत्रफल भएकाले पनि नेपाललाई ‘हरियो वन नेपालको धन’ रूपमा व्याख्या गर्ने गरिएको छ ।

“वनको दिगो व्यवस्थापनको लागि सामुदायिक अधिकार उद्यमशिलता र संशक्त संङ्गठन संमृद्धिको आधार” भन्ने मुल नाराका साथ आज २४ औं सामुदायिक वन उपभोक्ता महासंघको स्थापना दिवश मनाईएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल धादिङको आयोजनामा सामुदायिक वनका सदस्यहरु विच अन्र्तरक्रिया गरि स्थापना दिवश मनाईएको हो ।

अन्र्तरक्रिया कार्यक्रममा साविकको गजुरी, नलाङ, नीलकण्ठका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता समुहलाई वन ऐन २०४९ ले दिएको अधिकारलाई प्रदेश सरकारले कटौती गरेकाले आफ्नो हक अधिकार हस्तक्षेप हुन नदिन र अधिकार सुनिश्चितता गर्न सामुदायिक वन उपभोक्ता महासंघले खेलेको भूमिका लगायतका विषयमा छलफल गरिएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा धादिङका अध्यक्षतामा शुसिला पाठकको अध्यक्षतामा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

Facebook Comments