
तस्विर :-राधे भण्डारीको फेसबुकबाट

जेठ २४, धादिङ ।
नेपाल तरुण दल धादिङका उपाध्यक्ष राधा कृष्ण भण्डारी ‘राधे’ लाई पक्राउ गरेको विरोधमा आज पनि नेपाल तरुण दल धादिङले आन्दोलन गरेको छ । स्थानीय युवकलाई आक्रमण गर्न लगाएको आरोपमा विहिबार गजुरी गाउँपालिका २ मलेखुबाट राधे पक्राउ परेका थिए । भण्डारीलाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको भन्दै विरोधमा तरुण दल धादिङले प्रेस विज्ञप्ती जारी गरि रिहाईको माग गर्दे आन्दोलन गरेकोे छ । योजना वद्ध रुपमा तरुणदललाई कमजोर बनाउन भण्डारीलाई पक्राउ गरिएको र मलेखु घटनामा उनी संलग्न नै नभएको व्यक्तिलाई प्रहरीले झुटा मुद्धा लगाएको तरुणदल धादिङका अध्यक्ष गोपाल विश्वकर्माले बताउनुभयो । राधेद्वारा कुटिएका भनिएका वेनिघाट रोराङ गाउँपालिका ३ का जिवन मगरले आफुलाई कुटपिट गर्नेमा भण्डारीको संलग्नता नभएको बताएका छन् । तर पनि प्रहरीले जवर्जस्ती नाम मुछेर ज्यान मार्ने उद्योगमा पक्राउ गरेको तरुणदलले आन्दोलन गरेको हो । राधे विगत ५ वर्ष देखि राजनिती र गिट्टी वालुवा, क्रसर व्यवसायमा संलग्न थिए । यता जिल्ला प्रहरी कार्यलय धादिङले भने म्याद थप गरि अनुसन्धान भईरहेको जानकारी दिएको छ ।