जेठ २९, धादिङ ।
बाल श्रम विरुद्धको दिवसको अवसरमा व्यवसायीक क्षेत्रहरुमा बाल श्रम तथा लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धी अन्तरक्रिया गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङ, लैङगिक हिंसा नियन्त्रण जिल्ला संजाल धादिङ र धादिङ उद्योग बाणीज्य संघको संयुक्त आयोजनामा अन्र्तरक्रिया गरिएको हो ।

धादिङ उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा विभिन्न व्यवसायीहरु‚ लैङगिक हिंसा नियन्त्रण जिल्ला संजाल समितिका पदाधिकारीहरु‚ संचारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अधिवक्ता तोला कुमारी पाठक र अधिबक्ता राधिका सापकोटाद्वारा बालश्रम सम्बन्धी कानूनी प्रशिक्षण दिनु भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो ।

यस्तै विभिन्न विद्यालयका विद्याथीहरुलाई जिल्ला प्रहरी कार्यलय धादिङको विभिन्न शाखाहरुको अवलोकन गराईएको छ । समुदायसँग प्रहरी साझेदारी अवधारणा “प्रहरीसंग एक दिन“ कार्यक्रम अन्र्तरगत नीलकण्ठ माध्यमिक विद्यालय‚ किवो वोर्डिङ‚ बालमन्दिर माध्यमिक विद्यालय र चिल्ड्रेन पार्क माध्यमिक विद्यालयका नेपाल स्काउट जिल्ला कार्यालय धादिङ स्काउटमा आवद्ध विधार्थी तथा शिक्षकहरु लाई अवलोकन गराईएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

कार्यालयमा रहेको प्रहरी कन्ट्रोल, प्रशासन शाखा, विशेष शाखा, महिला तथा बालबालिका सेवा केन्द्र, नागरीक सहायता कक्ष, समुदाय(प्रहरी साझेदारी शाखा, आ.प्र. शाखा, व्यारेक, मेश लगायतका विभिन्न शाखाहरूको भ्रमण तथा अवलोकन गराई विभिन्न शाखाहरुबाट गरिने काम कारबाही तथा आम जनतामा दिईने सेवा सुविधा तथा विभिन्न समय र परिस्थिति अनुकुलको प्रहरी पोसाकबारे जानकारी गराईएको थियो । समाजमा घट्ने विभिन्न अपराध तथा हुन सक्ने सम्भावित क्षति र सो न्यूनिकरणमा नागरिक‚ शिक्षक‚ विद्यार्थी र प्रहरीको समन्वयात्मक भुमिका सम्बन्धि समेत जानकारी गराईएको ।

Facebook Comments