तस्विर:कृष्ण उप्रेतीको फेसबुकबाट

जेठ ३१, धादिङ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ सिम्ले आलेगाउँमा पास्नीको भोज खाँदा २२ जना विरामी परेका छन् । रेशम आले मगरको नातीको पास्नीको भोज खान गएका पाहुनाहरु विरामी परेका हुन् ।

बुधबार पास्नी खाएर घर गएकाहरुलाई पखला लाग्ने, पेट दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएको थियो । विरामीहरुको अहिले जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । २२ जना विरामी मध्ये ३ जना निको भएर डिस्चार्ज भईसकेका छन् । फुड पोईजनका कारण विरामी परेको जिल्ला अस्पताल धादिङ डाक्टर एवं सुचना अधिकारी कृष्णलाल उप्रेतीले बताउनुभयो ।

Facebook Comments