तस्विर: राधिका सापकोटाको फेसबुकवालबाट

जेठ ३१, धादिङ ।

धादिङको वेनिघाट रोराङ गाउँपालिकाको चन्द्रोदय माध्यमिक विद्यालयमा आज कानूनी परामर्श कार्यक्रम तथा वालविवाह विरुद्ध नाटक मञ्चन गरिएको छ । सहयात्री समाज नेपाल र केयर नेपालको साझेदारीमा संचालित सेफ जस्टिस परियोजनाले कार्यक्रमको आयोजना गरेको होे ।

नाटकमा सानो उमेरमा विवाह गर्दा र सानो उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको जिवनमा हुने जोखिमका साथै ज्यान गएको, सानो उमेरमा विवाह गरेकी वालिकामाथि विभिन्न खालका श्रृृङ्खला हुने हिंसा लगायतका विषयवस्तु समेटिएको थियो । नाटक पश्चात सहयात्री समाज नेपालको कार्यकारी निर्देशक तथा अधिवक्ता राधिका सापकोटाले वालविवाह विरुद्ध कानुनी व्यवस्थाका बारेमा स्पष्ट पार्नु भएको थियो ।

प्रदेश नं ३ को प्रदेश सरकारले सन् २०७८ सम्ममा प्रदेश नं ३ लाई बालविवाह मुक्त जिल्लाको रुपमा घोषणा गर्ने लक्ष्य लिएको कारण कार्यक्रम गरिएको आयोजकले जनाएको छ । सरकारी एक अनुसन्धानका अनुसार धादिङ जिल्ला प्रदेश नं ३ मा मकवानपुर पछिको वालविवाह धेरै हुने जिल्ला भित्र पर्दछ ।

Facebook Comments