अषाढ ६, धादिङ ।

प्रेस स्वतन्त्रताको पक्षमा संकलन गरिएको हस्ताक्षर आज प्रधानमन्त्रीलाई पठाईएको छ । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत हस्ताक्षर अभियान संञ्चालन गरेको हो ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेय मार्फत प्रधानमन्त्रीलाई पठाउनु भएको हो । विधेयकमा भएका प्रेस स्वतन्त्रता विरुद्धका प्रावधानहरु अविलम्ब फिर्ता लिन माग राख्दै महासंघले दुई चरणमा आन्दोलन गरेको थियो । आन्दोलनलाई सरकारले उपेक्षा गरेको भन्दै धादिङ सहित देशभरका पत्रकारहरुले तेश्रो चरणको आन्दोलन जारी राखेको छ ।

“केही मानिसले पत्रकारहरुको आन्दोलनलाई सरकार विरोधी आन्दोलन भनेर भ्रम सृजना गरिरहेको छ” नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले भन्नुभयो, तर त्यस्ता भ्रममा नपर्न आग्रह गर्दछु । वर्तमान सरकारको नभई नेपाल सरकारले ल्याएको सुचना तथा संञ्चार प्रविधि मन्त्रालयले ल्याएको संञ्चार विधेयकमा उल्लेख भएका केही धाराहरु असहमती जनाउँदैति धाराहरु संशोधन फिर्ता गर्नुपर्ने विशुद्ध प्रेस स्वतन्त्रताको पक्षमा रहेको अध्यक्ष छत्कुलीले बताउनुभयो ।

संकलित हस्ताक्षर बुझ्दै प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले सम्बन्धीत निकायमा पठाउने काम गर्ने प्रतिवद्धता जनाउनुभयो । “मिडियाहरुलाई अझै बढि व्यवस्थीत र पार्दशि बनाउने उद्देश्यले विधेयक ल्याइएको हो ।” प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले भन्नुभयो, सबै पत्रकारहरुलाई एउटै नाङ्लोमा हालेर हेर्ने हिसाबले नभई पत्रकारको नाममा, कुनै मिडियाको नाममा अरुको मान सम्मानमा आघात नपुगोस भन्नलाई मात्र विधेयक ल्याईएको हो ।

स्वतन्त्रताको पक्षमा सञ्चालित हस्ताक्षरित अभियानमा सञ्चारकर्मी, सञ्चारसम्बद्ध संघ–संगठन, सञ्चारमाध्यम, विभिन्न पेशाकर्मीहरु, राजनीतिक दल, नागरिक समाज, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुले हस्ताक्षर गरेका थिए ।

Facebook Comments