
अषाढ १७ ।
भारतको महाराष्ट्रमा विभिन्न स्थानमा पर्खाल भत्किँदा २१ जनाको मृत्यु भएको छ ।
हिजोदेखि निरन्तर परेको वर्षाले महाराष्ट्रको पूणे र मुम्बईमा गयराति ३ विभिन्न स्थानमा पर्खाल भत्किँदा उनीहरुको मृत्यु भएको र १५ जना भन्दा बढि घाइते भएका छन् ।
घटनास्थलमा अझै मानिस फसेको हुन सक्ने आशंकामा प्रहरी उद्दार कार्य सुरु गरेको छ । तर, वर्षाका कारण उद्दार कार्यमा समस्या भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । घाइतेहरुलाई उपचारका लागि विभिन्न अस्पतालहरुमा भर्ना गरिएको छ ।