
अषाढ २१ ।
भक्तपुरलाई केन्द्रबिन्दु बनाएर आज ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ ।
दिउँसो सवा ४ बजे भूकम्प गएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । भक्तपुरका साथै काठमाडौं आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ । यो भूकम्प २०७२ सालको गोरखा भूकम्पकै परकम्प भएको जनाइएको छ ।