
असार २६ ।
आईसीसी विश्वकप एक दिवसीय क्रिकेटको दोस्रो सेमिफाइनल खेल विहिबार हुँदैछ । आयोजक इंग्ल्याण्ड र साविकको विजेता अष्ट्रेलियाबीच हुने विहिबारको खेल दिउँसो सवा ३ बजेबाट बर्मिघंममा सुरु हुनेछ ।
यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलबाट न्यूजिल्याण्डले उपाधिका लागि स्थान सुरक्षित गरेको छ । म्यानचेस्टरमा भएको खेलमा उपाधि दाबेदार मानिएको भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।
न्युजिल्याण्डले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय २१ रनमै समेटियो । न्यूजिलयाण्डले अब आजको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।