
कात्तिक २५, धादिङ ।
आज विहान ८ बजेदेखि बेलुकी ५ बजे सम्म धादिङमा विद्युत आपूर्ती बन्द हुने भएको छ ।
देविघाट–तारुकाघाट, तारुकाघाट–गजुरी र तारुकाघाट–धादिङबेसी ३३ केभी प्रशारण लाइन अन्र्तगत विभिन्न स्थानको लाइनमुनिका रुखका हाँगाहरु काट्न र मर्मतसंभारका लागि यी ठाउँहरुमा आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिरकण धादिङ वितरण केन्द्रले जानकारी दिएको छ ।
विद्युत आपूर्ती बन्द हुँदा सेवाग्राहीमा पर्न गएको असुविधा प्रति प्राधिकरणले माफी पनि मागेको छ ।