
अषाढ २९ ।
वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ४५ पुगेको छ । बाढी पहिरोमा परी ३३ जना बेपत्ता भएका छन् भने २३ जना घाइते भएका छन् ।
देशका अधिकांश भेगमा परेको वर्षाका कारण देशैभरी प्रभाव परेको छ । सबैभन्दा धेरै प्रदेश नम्बर १ र २ प्रभावित भएका छन्। देशका कतिपय ठूला नदीमा पानीको सतहले खतराको अवस्था नाघेको छ ।
“ वाग्मती, दूधकोशी, सुनकोशी, तमोर र सप्तकोशी नदीमा राखिएका मापन केन्द्रमा जलसतह खतराको जनाउ दिने विन्दुमा पुगेछ । ”
वाग्मती, दूधकोशी, सुनकोशी, तमोर र सप्तकोशी नदीमा राखिएका मापन केन्द्रमा जलसतह खतराको जनाउ दिने विन्दुमा पुगेछ । पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला लगायतका नदी आसपासका मानिसहरूलाई समेत सचेत हुन आह्वान गरिएको बताइएको छ ।