
अषाढ २९ ।
वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढी पहिरोमा परी ३५ जना बेपत्ता भएका छन् भने २३ जना घाइते भएका छन् ।
देशका अधिकांश भेगमा परेको वर्षाका कारण देशैभरी प्रभाव परेको छ ।
ADVERTISMENT

सबैभन्दा धेरै प्रदेश नम्बर १ र २ प्रभावित भएका छन्। देशका कतिपय ठूला नदीमा पानीको सतहले खतराको अवस्था नाघेको छ ।
प्रहरीका अनुसार सबैभन्दा धेरै प्रदेश १ मा १७ जनाको मृत्यु भएको छ । प्रदेश ३ मा १२ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।
काठमाडौं उपत्यकामा ८ जनाको मृत्यु भएको छ ।