
अषाढ ३० ।
निरन्तरको वर्षा र त्यसले निम्त्याएको विपद्का कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ । गएको बिहीबार देखिको अविरल वर्षापछि बाढी, पहिरो र डुवानका कारण हालसम्म ६५ जनाको मृत्यु भएको छ ।
देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका कारण हालसम्म ६५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा २४ जना महिला र ४१ जना पुरुष रहेका छन् । बाढी तथा पहिरोबाट घाइते हुनेको संख्या ३८ पुगेको प्रहरीको तथ्यांक छ ।
जसमा १७ जना महिला र २१ जना पुरुष रहेका छन् । १२ जना महिला र १८ जना पुरुष गरी ३० जना अझै बेपत्ता छन् । बाढी तथा पहिरोका कारण सबैभन्दा बढी क्षति प्रदेश नम्बर एक र दुईमा भएको छ ।