असार ३१, धादिङ ।
धादिङबेसी–सांकोष–तिप्लिङ सडक अन्तरगतका प्रभावित समुदायको आयआर्जन वृद्धि गराउन विभिन्न सीपमूलक तालिम प्रदान गरिएको छ ।

राष्ट्रिय ग्रामीण यातायात सुदृढिकरण कार्यक्रम SNRTP  र इन्प्रेड नेपालको सहकार्यमा जोखिमपूण समुदाय विकास योजना र लैंगिक कार्य योजना अन्तरगत सीवमुलक तालिम प्रदान गरिएको SNRTP का गोपी अर्यालले बताउनुभयो ।

तालिम सञ्चालन गर्नेक्रममा नीलकण्ठ नगरपालिकाको वडा नं. १२ र १३ का प्रभावितलाई एक महिनासम्म ड्राइभिङ तालिम दिइएको छ भने महिलाहरुका लागि पशुपालन तालिम दिएको छ । ड्राइभिङ तालिमको नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगानाले उद्घाटन गर्नुभएको थियो ।

त्यसैगरी नेत्रावती डबजोङ गाउँपालिका क्षेत्रका प्रभावितका लागि एकहप्तासम्म बेमौसमी तरकारीखेती तालिम र १० दिनसम्म मोबाइल मर्मत तालिम र त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रका प्रभावितका लागि एक महिनासम्म विद्युत जडान तालिम सञ्चालन गरेको इन्प्रेड नेपालले जनाएको छ ।

नेत्रावती डबजोङ गाउँपालिका क्षेत्रमा सञ्चालन गरिएको तालिमको गाउँपालिकाका अध्यक्ष दुर्गाकुमार शाक्यले उद्घाटन गर्नुभएको थियो ।

Facebook Comments