
अषाढ ३१, धादिङ ।
१७ वर्षदेखि फरार रहेको अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का मदन परियारलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मदन परियारलाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो । २०६९ साल वैशाख ८ गते धादिङको साविकको आगिन्चोक गाविस वडा न.६ मा गोरखा जिल्लाको साविकको कान्द्राङ गाविस वडा नं.१ बस्ने ६४ वर्षिया लिलामान परियारलाई विवाहमा गएकाबेला कुटपिट गरी मदनले हत्या गरि फरार रहेका थिए ।
अभियुक्त मदन परियार असार ३० गते काठमाण्डौ महानगरपालिका वडा नं.१७ ढल्कु बाट पक्राउ परेका थिए । अभियुक्त परियारलाई जिल्ला प्रहरी कार्यालय धादिङले जिल्ला अदालत धादिङमा समक्ष म्याद अनुमतीका लागी पेश गरिएको छ ।

चोरी गर्ने
रिचार्ज कार्ड लगायत विभिन्न सामान चोरी गर्नेलाई पनि आज जिल्ला प्रहरी कार्यलय धादिङले सार्वजनिक गरेको छ । असार १८ गते राती १ बजे वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ५ बाँदरेमा रहेको पसलबाट नगद, रक्सी, रिचार्जकार्ड गरि ५८ हजार बराबरको धनमाल चोरी गर्ने ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ बस्ने २० वर्षिया कमल कुमाललाई पक्राउ गरेको हो ।
गोर्खाको गण्डक गाउँपालिका वडा नम्बर १ घर्तिगाउबाट १८ हजार १ सयको रिचार्ज कार्ड सहित पक्राउ परेका कुमाललाई पनि आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पक्राउ परेका कुमाललाई चोरी मुद्दामा अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।

जबरजस्ती करणी
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ बस्ने २७ वर्षिय प्रकाश तिमल्सिनालाई पनि आज जवरजस्ती करणीको मुद्दामा पक्राउ गरेको छ ।
असार २६ गते २ बजेको समयमा सोही ठाउँकी ११ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जाहेरी दरखास्त परेका आधारमा तिमिल्सनालाई पक्राउ गरेको हो ।