साउन ४, धादिङ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटी सदस्य एवं निलकण्ठ नगरपालिका वडा नं १४ का वडाध्यक्ष फन्द्रा तामाङ (रोशन तामाङ) माथि भएको सांघातिक आक्रमणको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले भत्र्सना गरेको छ ।

आज एक प्रेस विज्ञप्ती जारी गरि घटनाका दोषीलाई छिट्टो पक्राउ गरी हदैसम्मको कारबाही गर्न र गराउन सम्बन्धित निकायसंग नेकपा धादिङले माग गरेको छ । धादिङ जिल्लामा नेकपाबाट निर्वाचित जनप्रतिनिधिमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेको नेकपा धादिङका अध्यक्ष भुमीप्रसाद त्रिपठीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । कोठामा बसिरहेको मान्छे माथि हमला गर्ने क्रुर, पाशविक, र आपराधिक कार्यको जति भत्र्सना गरेपनि कमी हुने विज्ञप्तीमा भनिएको छ । यस्ता घटना नियोजित र षड्यन्त्र मुलक जघन्य साङ्घातिक हमला भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले जनाएको छ ।

स्वास्थ्य उपचार गराउँदै काठमाडौं कोठामा आराम गरीरहेका बेला वडाअध्यक्ष तामाङलाई शुक्रबार अज्ञात समूहले धारिलो हतियार प्रहार गरि घाईते बनाएका थिए । आक्रमणबाट तामाङको छाती तथा तिघ्रामा गम्भिर चोट लागेको अस्पतालले जनाएको छ । घाइते अध्यक्षको हाल ग्राण्डी अस्पतामा उपचार भईरहेको छ ।


Facebook Comments