साउन ८, धादिङ ।
जिल्ला प्रहरी कार्यालय धादिङले मोबाईल लगायत विभिन्न सामान चोरी गर्ने समुहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा निलकण्ठ निगरपालिका वडा नम्बर ४ बस्ने २० वर्षिय सुजन ठकुरी, १८ वर्षिय किसान श्रेष्ठ, र निशान सुन्दाश रहेका छन् । पक्राउ परेका तिनै जनालाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

उनिहरुले यहि असार ९ गते अन्दाजी राती साढे ९ बजेको समयमा धादिङवेशीं स्थित पुछारबजार चोकमा बस्ने चोक नारायण श्रेष्ठको आफ्नो कोठाबाट मोबाईल र नगद समेत चोरी भएको भनि जिल्ला प्रहरी कार्यलय धादिङमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा चोरी गर्नेहरुको खोजतलासगर्दै जाँदा निशान सुन्दाशको कोठाबाट चोरी ल्याएको सामानहरु फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनिहरुको साथबाट भिवो मोवाईल २ थान, सामसुङ मोवाईल ४ थान, हुवावे मोवाईल ३ थान, ओप्पो मोवाईल १ थान, डाईमण्ड मोवाईल १ थान, ढलौटको लोटा २ थान लगायतका सामाग्री समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनुभयो । पक्राउ परेका तिनै जनालाई चोरी मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Facebook Comments