कात्तिक २५, धादिङ ।

पूथ्वीराजमार्ग अन्र्तरगत धादिङको थाक्रे गाउँपालिकाको खयरघारीमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ट्रकका सहचालक २० वर्षिय भीम नेपालको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट भैरहवाका लागि छुटेको ना ५ ख ८३९९ नम्बरको ट्रक महेशखोलामा खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । गाडी चालक भने सामान्य घाइते भएका छन् ।

Facebook Comments