साउन २३, धादिङ ।
धादिङको धुनिबेशी नगरपालिका वडा नं.६ नौबिसे स्थित भेरी होटल नजिकै ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

काठमाण्डौंबाट चितवन तर्फ जाँदै गरेको लु १ ख ४९६६ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्री भारतिय नागरिक पश्चिम चम्पारन बस्ने अन्दाजी ४० वर्षिय सत्य नारायण दासको मृत्युभएको हो । ट्रकको ठक्कर बाट नारायणको टाउको र खुट्टामा चोट लागेको थियो ।

घाईते सत्य नारायणको नेशनल अस्पताल कलंकी काठमाण्डौमा उपचारको क्रममा आज विहान साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरिक्षक भोलामान सिंह अधिकारीले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्रक र चालक नवलपरासी सुनौली नगरपालिका–९ बस्ने ३५ वर्षिय यम बहादुर पाइजा मगर इलाका प्रहरी कार्यालय खानीखोला धादिङको नियन्त्रणमा रहेको छ ।

Facebook Comments