
भदौ २, धादिङ ।
आईतबार राती धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ वेलवोटे स्थित वेल्खु खोलाबाट चालक सहित एस्काभेटर नियन्त्रणमा लिएको छ ।
अवैध रुपमा एक्साभेटर प्रयोग गरी गिट्टी वालुवाको उत्खनन भई रहेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय गजुरीले HYUNDAI कम्पनीको Robex SMART 220L लेखिएको एक्साभेटर नियन्त्रणमा लिएको हो ।
यस्तै एक्साभेटरको चालकर मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ८ खरङ्गा वस्ने २२ वर्षिय राकेश श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । नियन्त्रणमा लिएको एस्काभेटर र चालकलार्ई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि गजुरी गाउ पालिकाको कार्यालय धादिङमा पठाईएको छ ।