भदौं ८, धादिङ ।
धादिङमा यो वर्ष पनि डेंगु रोगका बिरामी भेटिएका छन् । जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका ५ जना बिरामीमा डेंगुको संक्रमण फेला परेको जिल्ला अस्पताल धादिङले जनाएको छ । अत्याधिक ज्वरो आएका बिरामीको उपचारका क्रममा रगत परीक्षण गर्दा ५ जनामा सो संक्रमण देखापरेको जिल्ला अस्पताल धादिङका स’चना अधिकारी कृष्णलाल उप्रेतीले जानकारी दिएको छ । बिरामीको रगत परीक्षणपछि डेंगु रोगको संक्रमण भएको पुष्टि भएको हो ।

विशेष गरी धादिङमा बढ्दो सहरीकरणका कारण बजार क्षेत्रमा बढ्दै गएको फोहोरबाट लामखुट्टे बढ्न थालेकाले यो रोग देखा परेको स्वास्थ्यकर्मीहरूको अनुमान गरेका छन् । डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यस रोगबाट बच्न घरटोल सफा राख्ने र फोहोर पानी जम्न नदिने जस्ता सावधानीका उपाय अवलम्बन गर्न चिकित्सकहरूले सल्लाह दिएका छन् ।

यस्तै केही बिरामीहरुमा उपियाबाट सर्ने स्क्रब टाइफस रोगको संक्रमणसमेत देखा परेको अस्पतालले जनाएको छ । अहिले सम्म १७ जनामा स्क्रबटाइफस देखा परेको उप्रेतीले जानकारी दिनुभएको छ ।

सरकारले डेंगु नियन्त्रणका लागि स्थानीय सरकारसँग समन्वय गर्ने
सरकारले डेंगु नियन्त्रणका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको बताएको छ । डेंगु नियन्त्रणको लागि स्थानीय सरकार र अन्य निकायसँग समन्वय गरी पहल थालिएको इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालले बताउनुभयो । पूर्वी नेपालमा फैलिएको डेंगु नियन्त्रणमा आउन नसकिरहेको बेला काठमाडौं उपत्यकामा पनि संक्रमित भेटिएका इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

Facebook Comments