भदौं १०, धादिङ ।
धदिङको निलकण्ठ नगरपालिका वडा नम्बर ४ गैरीगाउँका अपाङ्गता भएका वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

अपाङ्ग कल्याण संघ धादिङ र ह्यूमनिटि ईन्क्लुजनको सहयोगमा अपाङ्गता भएका वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको अपाङ्ग कल्याण संघ धादिङका परियोजना अधिकृत प्रविन घिमिरेले जानकारी दिनुभयो ।

गैरी गाउँका २ जना र अन्य ३ जना गरि ५ जना विद्यार्थीहरुलाई पेन्सिल, ज्यामितिय बक्स, झोला, विद्यालय पोशाक लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो ।

Facebook Comments