भाद्र १७,धादिङ
नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित तल्लो भुलभुले नजिकै थुम्की भन्ने स्थानमा ग १ ज ६०६१ नम्बरको बोलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा परि जीपमा सवार ८ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ४ जनालाइ थप उपचारको लागि काठमाडौ रिफर गरिएको र बाँकि ४ जनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको जिल्ला अस्पताल धादिङले जनाएको छ । सदरमुकाम धादिङबेसिबाट खाद्यान्न र मानिस सहित खाल्टे पात्ले तर्फ जाँदै गरेको जीप उकालो बाटोका कारण पिकअप टुटेर दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यलय धादिङले जनाएकोे छ । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद शर्मा र जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवंम प्रहरी उपरिक्षक राजकुमार बैदवारले घाइतेहरुलाइ भेटि स्वास्थ्य अवस्था बुझि, घाइतेहरुलाई सान्त्वना दीदैं,स्वास्थ्य लाभको कामना गरेका छन् ।

Facebook Comments