भदौं ३१, धादिङ ।
धादिङ जिल्लामा डेंगु र स्क्रबटाइफसबाट ७० जना संक्रमित भएका छन् । डेंगु रोगबाट २५ जना र स्क्रबटाइफसबाट ४५ जना संक्रमित भेटिएको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी डा. कृष्णलाल उप्रेतीले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल धादिङमा उपचारका लागि पुगेका बिरामीहरु मध्येमा डेंगु र स्क्रबटाइफसको संक्रमण भेटिएको उप्रेतीले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यलय धादिङले डेंगो र स्क्रबटाईफस रोकथामका लागि सचेतनामुलक कार्यक्रम गरिहेको छ । विभिन्न संञ्चार माध्यमबाट रोकथामका उपाहरुको प्रचार प्रसार, विभिन्न ठाउँहरुमा सुचना बोर्ड राख्ने लगायतका कामहरु गरिरहेको डा.उप्रेतीले जानकारी दिनुभयो ।

विगतमा तराइ र पहडि भेगमा मात्र देखिएको यो रोग अहिले देशका धेरै जिल्लाहरुमा समस्याका रुपमा आएको छ । तर डेंगु रोग परिक्षण गर्ने किट अभावका कारण समस्यामा परेको अस्पताल श्रोतले बताउँदै आएको छ । रगतमा सिविसि को मात्रालाइ हेरेर अनुमानको आधारमा जिल्ला अस्पतालमा आएका बिरामीको उपचार भइरहेको छ ।

विशेषगरी दिउँसो टोक्ने एडिस लामखुट्टेले फुल पार्ने ठाउँहरु भाँडाकुँडामा जम्मा भइराखेको पानी, टायर, बोत्तल र बिर्कोहरु लगायतको खोजी गछन् । यसका लागि फुलहरु नष्ट गर्नुपर्ने, शरीर ढाक्ने लुगाहरु लगाउने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने, शरीरको खुल्ला भागहरुमा मलम प्रयोग गर्नुपर्ने लगायतका उपाय अपनाउनु पर्ने स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । स्क्रब टाइफस मुसामा रहेको किर्ना जातको भारइसको टोकाइबाट मानिसमा सर्ने गर्छ ।

Facebook Comments