
असोज ७ ।
तेस्रो संस्करणको साफ १८ वर्ष मुनिको फुटबल प्रतियोगिता अन्तर्गत आज भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । हलचोकस्थित प्रहरी बलको हलचोक रंगशालामा हुने खेल दिउँसो मात्रै सुरु हुनेछ ।
यसअघि सोमबार भएको खेलबाट बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । भारतसँग गोलरहित बराबरी खेल्दै बंगलादेश सेमिफाइनलमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको अवसर खेर फाल्दा खेल बराबरीमा सकिएको थियो । बराबरीसँगै समूह ‘बी’ को बंगलादेशले २ खेलमा ४ अङ्क जोड्दै समूहबाट सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ ।
बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गरेको थियो । खेलमा पराजित भएपनि भारतको पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ । बराबरीसँगै भारतले १ अङ्क जोडेको छ । भारतले अब बुधबार श्रीलंकासँग खेल्नेछ । भारतलाई सेमिफाइनल पुग्न श्रीलंकासँग बराबरी खेले पुग्नेछ । श्रीलंकालाई भने जित्नै पर्ने दबाब छ । किनकी श्रीलंका अङ्कविहिन रहेको छ ।