माघ २७, धादिङ ।
उत्तरी धादिङको रुबिभ्याली गाउपालिका वडा नम्बर २ मा रहेको गोठन देवी आधारभूत विद्यालयको सोमबार ३१ औँ बार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न गरिएको छ ।

कार्यक्रममा शैक्षिक सत्रमा उत्तिर्ण र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । रुबिभ्यालि गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष पेम्बा घलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद जगत बहादुर सिंखडाको प्रमुख आतिथ्य रहेको स्थानिय प्रेम बहादुर तामाङले जानकारी दिनुभयो ।

समृद्ध र सव्य रुविभ्यालि बनाउनको लागि शिक्षामा लगानि गर्नुपर्ने सांसद सिंखडाले बताउनु भयो । कार्यक्रममा भिन्न प्रशङ्गमा बोल्नुहुदै सांसद सिंखडाले धादिङवेशीं-साङ्कोस-तिप्लीङ सडकखण्डलाई तिप्लीङसम्म जोड्ने, पर्यटन क्षेत्रको रुपमा विकास गर्ने र एकिकृत विकास योजनाको लागि पहल गर्ने पनि बताउनुभयो ।

Facebook Comments