माघ २८, धादिङ ।
उत्तरी धादिङको रुबिभ्याली गाउपालिका वडा नम्बर २ मा रहेको दोङ्देन माध्यमिक विद्यालयले मंगलबार ४१ औँ बार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न गरेको छ ।
कार्यक्रममा शैक्षिक सत्रमा उत्तिर्ण र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । लक्ष्मी सिंम्खडा स्मृति फाउण्डेशनले ९ कक्षाबाट उतिर्ण भएर १० कक्षामा प्रवेश गर्ने निकिता तामाङलाई नगद ७ हजार रुपैया र शैक्षिक सामाग्री प्रदान गरिएको प्रेमबहादुर तामाङले जानकारी दिनुभयो ।
रुबिभ्यालि गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष पेम्बा घलेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसद जगत बहादुर सिंखडाको प्रमुख आतिथ्य रहेको थियो । वार्षिक उत्सवको अवसरमा वेलुन रेस, वक्तिृत्वकला प्रतियोगीता, हाजिरि जवाफ, वादविवाद, म्यूजिकल चियर, भलिवल, फुटवल प्रतियोगीता पनि संञ्चालन भईरहेको छ ।