पशुलाई पनि मानिस सरह बाच्न पाउने पशु अधिकार भएकाले पशुपंक्षीलाई हेलाको दृष्टिले नहेर्न भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धादिङका प्रमुख किन्द्रबहादुर अधिकारीले अनुरोध गर्नुभएको छ ।

पशुलाई पनि जात अनुसार बस्न पाउने, खान पाउने अधिकार भएकाले पशु अनुसारको अधिकार प्रदान गर्नुपर्ने प्रमुख अधिकारीले बताउनुभयो । पशुपंक्षी दिवशको अवसरमा कुराकानी गर्नुहुँदै प्रमुख अधिकारीले पशुपंक्षीलाई प्रकृति अुसारको अधिकार प्रदान गर्नुपर्ने बताउनुभयो ।

यस्तै स्थानिय स्तरमा पाईने विभिन्न लोकल प्रजातीको पशुपक्षीको संरक्षण र सम्र्वद्धनमा पनि लाग्नुपर्ने समय आएको प्रमुख अधिकारीले बताउनुभएको छ । बढि उत्पादन गर्ने नाममा लोकल पशु पंक्षी लोप हुने अवस्थामा पुगेकाले भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धादिङले चौरी प्रर्वतन र खरी जातको बाख्रा संर्वद्धन तथा दुध र मासुको लागि आत्मनिर्भर बनाउने कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो ।

कम लागतमा धेरै उत्पादनमा गरि मनग्य आम्दानी गर्न आग्रह गर्नुभयो । व्यवशायिक पशु पालन किसानहरुले चरण र हरियोघाँसपातमा विशेष जोड दिन अधिकारीले आग्रह गर्नुभयो । विश्वभर हरेक अक्टोबर ४ तारिखमा पशंपक्षी दिवश मनाउँदै आएपनि नेपालमा भने ४/५ वर्ष अघिदेखी मात्रै पशुपंक्षी दिवश मनाउँदै आएको छ । पशुपक्षीं दिवशको अवसरमा सोमबार भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धादिङले विशेष कार्यक्रम गरि मनाईदैछ ।

Facebook Comments