धादिङमा कोरोना भाइरसको संक्रमणबाट सोमबार १ जनाको ज्यान गएको छ ।

संक्रमण पुष्टि भएका नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का २२ बर्षीय पुरुषको उपचारको क्रममा ज्यान गएको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

मृतक पुरुषमा सुगर र स्वासप्रस्वास सम्बन्धी समस्या हरेको र उपचारको क्रममा काठमाडौमा मुत्यु भएको हो ।

योसगैँ जिल्लामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।

 थप ९ जनामा कोरोना भाईरसको सङ्क्रण पुष्टि
धादिङमा सोमबार थप ९ जनामा कोरोना भाईरसको सङ्क्रण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३१, ३६ बर्षका महिला सोहि वडा नम्बरका ४१, ४५ बर्षका पुरुष, नेत्रावती डबजोङ गाउपालिका वडा नम्बर ३ का ३१, ३२ बर्षका पुरुष, नेत्रावती डबजोङ गाउपालिका वडा नम्बर १ का ६४ बर्षका पुरुष, गंगाजमुना गाउपालिका वडा नम्बर ६ का ४६ बर्षका पुरुष र थाक्रे गाउपालिका वडा नम्बर ५ का २९ बर्षका पुरुष रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या ६ सय २७ पुगेको छ ।

कन्ट्याक्ट टे«सिङको आधारमा खनीयाबास गाउपालिकाका १ सय ३४ जना, ज्वालामुखी गाउपालिकाका ३८ जना र थाक्रे गाउपालिकाका ११ जना गरी जम्मा १ सय ८६ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणको लागि सोमबार काठमाडौ पठाईएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।

Facebook Comments