६५ औं प्रहरी दिवश विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला प्रहरी कार्यलय धादिङले दिवसको अवसर वीर अमर प्रहरीहरु प्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उपस्थित अतिथीहरुले कोरोना भाइरस (COVID-19) परिस्थितिलाई ख्याल गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै वीर अमर प्रहरीहरुको स्मारकमा पुष्प गुच्छा अर्पण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल‚ सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल‚ जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का‚ राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय धादिङका उप–अनुसन्धान निर्देशक श्री सुरेन्द्र कोइराला‚ नेपाली सेना देवीदत्त गण सुरक्षा गुल्म धादिङवेसीका गुल्मपति सेनानि धिरज थापा‚ जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिना‚ सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङका गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक यमुना सिंखडा‚ धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री‚ पुर्व प्रहरी संगठन धादिङका अध्यक्ष नन्द बहादुर श्रेष्ठ‚ वीर अमर प्रहरी परिवार केन्द्रिय संघका सदस्य नुनिमाया थापा मगर लगायत जिल्ला प्रहरी कार्यालय तथा मतहत समेतमा कार्यरत प्रहरी अधिकृत तथा सकल दर्जाहरुको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT


यस्तै प्रहरी दिवशको अवसरमा हिजो कार्यालय परिसरमा वृृक्षारोपण गरेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक लोकनाथ तिमिल्सीनाले जानकारी दिनुभयो । वातावरण संरक्षण गर्ने उद्देश्यले आँप, रुख कटहर, तेज पत्ता, अशोका र चाँप लगायतका ८३ ओटा विरुवाहरु लगाईएको उहाँले बताउनुभयो ।

बुधबार पशुपति मन्दिर सरसफाई पनि गरेको थियो । प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काको नेतृत्वमा २१ जनाको प्रहरी टोली र पशुपति मन्दिर व्यवस्थापन समितिका प्रतिनिधी‚ स्थानीय बासिन्दाहरुको सहभागितामा सरसफाई गरेको हो ।

Facebook Comments